किसानलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई यथाशिघ्र मल उपलब्ध गराउन सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले मल अभावले किसान मारमा परेको भन्दै सरकारको धारणा माग गरेका थिए।सांसदहरुले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुखले कृषी मन्त्री र सरकारलाई रुलिङ गरेका हुन्

‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सम्बन्धमा सांसदहरुले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको छ,’ सभामुखले रुलिङ गर्दै भने,‘यथाशीघ्र किसानहरुलाई मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न गराउन सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउद छु।’

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button