एन्फा अध्यक्षमा पङ्कज नेम्वाङ निर्वाचित

काठमाण्डौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएका छन्।

सोमबार सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन्।

नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त पाए। अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन्। नवनिर्वाचित अध्यक्ष नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष थिए। अहिले अन्य पदका लागि मतगणना जारी छ।

शेर्पा र नेम्बाङ प्यानलसहित चुनावी मैदानमा छन्। एक वरिष्ठ उपाध्यक्ष र चार जना उपाध्यक्षका लागि शेर्पा र नेम्बाङ प्यानलबाट छुट्टाछुट्टै उम्मेदवारी परेको छ। रासस

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button