सिन्धु बहिरा माबिको तीन कोठे भवन उद्घाटन

रातोपाटीन्युज, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले सिन्धु बहिरा आधारभूत बिद्यालयको नव–निर्मित तीन कोठे भवनको उद्घाटन गर्नु भएको छ ।

बाह्रबिसे नगरपालिका–९ मा अबस्थित उक्त बिद्यालयको तीन कोठे भवनमा बाह्रबिसे नगरले १० लाख र सोही बिद्यालयको तीन लाख ७४ हजार लागतमा नयाँ भवन निमार्ण भएको थियो ।

‘अपाङ्गताको सवाल’ मा एक दिवसीय अर्न्तक्रिया कार्यक्रममा बोल्दै मेयर बस्नेतले उक्त बिद्यालयमा नगरका तर्फबाट भौतिक, शैक्षिक सहयोग गर्ने जानकारी दिनु भएको छ ।

बिद्यालय संरक्षणका लागि बिद्यालय मुनी भोटेकोशी नदी नियन्त्रणका लागि प्रदेश सरकारबाट १० लाख बिनियोजन गरेको र अपुग बजेट पनि उपलब्ध गराउने पनि उहाँले बताउनु भयो । सो बिद्यालयकी मैना कार्की बिद्यालय भोटेकोशी नदी कटानले जोखिममा पर्न थालेकोले बिद्यालयको संरक्षणमा लागिदिन बाह्रबिसे नगरपालिकालाई आग्रह गर्नु भएको थियो । उक्त बिद्यालयमा सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, ओखलढुंगा, नेपालगञ्ज लगायतका आधा दर्जन जिल्लाका ३० जना बहिरा बिद्यार्थी अध्ययन् गर्दै आएका छन् ।

बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बहिरा बिद्यार्थीलाई नगद सहयोग गर्नुहुदैँ ।

मेयर बस्नेतले बहिरा बिद्यार्थी रोशन श्रेष्ठलाई सोही कार्यक्रमा उत्कृष्ट चित्रकला बनाएबापत ब्यक्तिगत रुपमा नगद १० हजार पुरस्कृत गर्नु भयो । नगर उपप्रमुख मञ्जु तामाङले सो बिद्यालयको बिकासमा सक्ने सहयोग गर्ने बताउनु भयो । त्यस्तै बाह्रबिसे नगरपालिका–२ का वडा अध्यक्ष रेशम बहादुर तामाङले बहिरा बिद्यालयको शैक्षिक गतिबिधिमा वडाबाट सहयोग गर्ने बताउनु भयो ।

२०४६ सालमा स्थापना भएको सो बिद्यालयमा कक्षा १ देखि ८ सम्म संचालनमा छ । उक्त बिद्यालयमा नेपाल सरकारले तयार गरेको पाठ्यक्रम अनुरुप सांकेतिक भाषामा अध्ययन् गरिन्छ । नेपाल कै पहिलो बहिरा बिद्यालयको रूपमा स्वीकृत प्राप्त गरी बहिरा बिद्यालय संचालनमा ल्याइएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button