‘सबै वडामा पक्की सडक निमार्ण गर्छु’–अध्यक्ष शेर्पा

रातोपाटीन्यूज, सिन्धुपाल्चोक । नेपाल–चीन सीमा क्षेत्र भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पाले आगामी पाँच बर्षमा पालिकाको पाँच वटै वडामा पुग्ने सडक ढलान गरी स्त्तरोन्नति गर्ने बताउनु भएको छ । पहिलो बर्ष वडा नम्बर ५ मार्मिङबाट सडक ढलान गर्न लाग्ने उहाँले जानकारी दिनुभयो ।

‘एक घर एक धारा’ नीति अनुरुप गाउँपालिकाको ४ हजार १८६ घरपरिवारमा धारा निमार्ण गरेर स्वच्छ खानेपानी पु¥याउने अध्यक्ष शेर्पाले बताए । पाँच वटै वडाको माटो परीक्षण गरेर आधुनिक खेती प्रणालीमा कृषि उत्पादन शुरु गर्ने, पालिकाको उच्च क्षेत्रमा आलु उत्पादन हुने भएकाले हिमाली आलुको ब्राडिङ कार्यमा लाग्ने उहाँले जानकारी दिए ।

पालिकाभरका ६ वटा माध्यमिक बिद्यालय र २४ वटा आधारभूत बिद्यालय शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने, नेट सुबिधा पु¥याउने, १२ कक्षासम्म निशुल्क शिक्षा प्रदान गर्ने शेर्पाले बताउनु भएको छ । त्यसअन्तर्गत साउन देखि १० जना गरीब, जेहेन्दार बिद्यार्थीलाई १२ कक्षासम्म निशुल्क अध्ययन्को ब्यबस्था गरिएको उहाँले थप्नु भयो ।

सबै वडामा सुबिधासम्पन्न बर्थिङ सेन्टर निमार्ण अन्तर्गत वडा नम्बर १ र २ मा निमार्ण भईसकेको र अन्य बाँकी वडामा आगामी बर्ष निमार्ण गरिसक्ने उहाँले बताउनु भयो । दुगुनागढी–भैरवकुण्ड पदमार्ग, लिस्ती–नयाँपुल पदमार्ग, मार्मिङ–देउढुंगा पदमार्ग लगायतका पर्यकीय क्षेत्रको प्रबद्र्धन गर्ने योजना अघि सारिएको अध्यक्ष शेर्पाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button