क्यान्सर पीडितलाई हिमालय सीमापारको सहयोग

रातोपाटीन्यूज, सिन्धुपाल्चोक । नेपाल हिमालय सीमापार वाणिज्य संघले स्तन क्यान्सर पीडित मन कुमारी बिश्वकर्मालाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–२ की ५१ बर्षीया बिकलाई क्यान्सर उपचारका लागि १ लाख ३० हजार ७१० रुपियाँ सहयोग गरेको उक्त संघका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनु भयो ।

बिक भक्तपुर क्यान्सर अस्पतालमा उपचारर्थ हुनुहुन्छ । बिरामी बिकको घरायसी अबस्था अति नाजुक भएका कारण आर्थिक सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । संघका कार्यसमिति सदस्य मिलेर उक्त सहयोग जुटाइएको र अस्पतालमै पुगेर सहयोग गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

हिमालय सीमापार संघले उक्त सहयोग गरेपछि उपचारमा अति सहज मिलेका कारण उहाँले संघलाई धन्यबाद दिनु भएको छ । संघले सिन्धुपाल्चोक लगायत बिभिन्न जिल्लाहरुमा प्राकृतिक बिपत्ति, कोरोना महामारी नियन्त्रण तथा रोकथाम लगयातका सामाजिक काममा सहयोग र अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा पनि बिपद्, महामारी, बिरामीलाई सहयोग गर्दै बिभिन्न सामाजिक काममा निरन्तर काम गर्ने बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button