महानगरले गाडा उठाएका आचार्य दम्पतीका दुई छोरालाई कक्षा १२ सम्म निशुल्क शिक्षा

काठमाडौं । गत हप्ता काठमाडौं महानगरपालिकाले बालुवाटारको सडक पेटीमा मकै पोल्दै बस्ने दम्पतीलाई सुरक्षाकर्मीहरुले आफ्नो नियमित कार्य सम्पादन गर्ने क्रममा लछारपछार गरि सामान खोसेर बिचल्लीमा परेकाका बालबालिकालाई काठमाडौं एक स्कुलले कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गरेको छ।
काठमाडौंको बालुवाटारस्थित कस्मोपोलिटियन स्कुलले सिन्धुपाल्चोक मेलम्ची घर भइ हाल बालुवाटारमा मकै पोलि जिविकोपार्जन गरेका चेतनाथ आचार्य र सीता आचार्यको बच्चाहरु दिपक आचार्य र चेतनारायण आचार्यको कक्षा १२ सम्मको निशुल्क पढाईको व्यवस्था गरेको हो ।
मंगलबार एक कार्यक्रमकाबीच पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको अगुवाइमा महानगरले गाडा उठाएका आचार्य दम्पतीका बालबालिकालाई कस्मोपोलिटन स्कुलले कक्षा १२ सम्म निशुल्क पढाउने व्यवस्था मिलाएको सो स्कुलका बिष्णु पाण्डेले बताए । साथै नेपाली काङ्ग्रेसका नेता तथा महासमिति सदस्य रामकुमार थापाले स्टेशनरि खर्च वापत रु ५ हजार र नेपाली कांग्रेस बागमती प्रदेश केन्द्रिय सदस्य मसिना खड्का भण्डारी बाट कपडा ड्रेस लाइ रु १५ हजार सहयोग उपलब्ध गरेकी थिइन ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य बस्नेतले उक्त निशुल्क पठनपाठनको जिम्मेवारी लिनुहुने कस्मोपोलिटन बोर्डिङ स्कुल परिवार प्रती हार्दिक आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन् । साथै, पुर्व मन्त्री बस्नेतले आफ्नो दैनिक गुजाराका निमित्त सडक पेटीमा विभिन्न पेशा व्यवसाय गर्नुहुने सबै जनमानसमा सडकमा मानिसको आवतजावत र सवारी साधनहरुलाई प्रभाव नपर्ने गरि आफ्ना कार्यहरु अगाडी बढाउदै जीवन निर्वाह गर्नुहुन हार्दिक अपिल समेत गरेका छन।