नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिककाे हक खाेस्याे : सचेतक भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गरेको टिप्पणी गरेको छ ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले दुई वर्ष छलफल भएर सहमति नजिक पुगेको उक्त विधेयक फिर्ता लिने निर्णयले आश्चर्यचकित भएको भन्दै सरकारले नागरिकको सामान्य हक खोस्ने काम गरेको बताएका हुन् ।

उनले सरकारले ल्याउने भनेको अर्को विधेयक नहेरी एमालेले आँखा चिम्लेर समर्थन गर्न नसक्ने जिकिर गरे । भट्टराईले छिटो भन्दा छिटो ऐन पास गरेर नागरिकता विहीनलाई नागरिकता दिनुपर्ने उल्लेख गरे । उनले बिनाकारण उक्त विधेयक फिर्ता लिने काम उचित नभएको तर्क गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button