आन्तरिक हवाई उडान तथा होटल र रेस्टुरेन्ट पनि असोज १ गतेदेखि सञ्चालन गर्न पाइने

काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र होटल र रेस्टुरेन्टहरु असोज १ गतेदेखि नै सञ्चालन गर्न दिइने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असोज १ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

आन्तरिक उडानका क्रममा विमान कम्पनीहरुले क्षमताभन्दा आधा मात्रै यात्रु बोक्न पाउने छन् । यस्तै, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *