फागुन १ गते नेकपाले शहीदको स्मृतिमा सभा गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन १ गते शहीदको स्मृतिमा श्रद्धाञ्जलि सभा देशभरी गर्नेभएको छ । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलि सभा गरिने जानकारी दिए । 

उनका अनुसार ७७ वटै जिल्ला कमिटीलाई रचनात्मक तरिकाले मनाउन निर्देशन दिइएको छ । 

काठमाडौँमा पार्टी मुख्यालय धुम्वाराहीमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी एकतापछि नेकपाले गत वर्ष पनि शहीदको सम्झनामा श्रद्धाञ्जलि सभा गरेको थियो । – रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *