“कसम तिमीलाई” गीत सार्वजनिक (भिडियो सहित)

निरोज तोलाङे / गायक दिपेन्द्र थिङको “कसम तिमीलाई” गीत सार्वजनिक भएको छ । शब्द संगीत तथा अरेन्जमेन्ट आफैले गरेका गायक थिङको गीत ओएसआर युट्युव च्यानलमार्फत हालै सार्वजनिक भएको हो ।

दिनप्रतिदिन कोरोना संक्रमणको वृद्धि भैरहेको बेला आमनागरिकको दैनिकी जिवन प्रभावित बन्दै गएको र मानसिक तनाबले गर्दा आमजनजिवन नै तनावग्रस्त भइरहेको समयमा मनोरञ्जनको माध्यमले ब्यक्तिमा भएको मानसिक तनाव दुर गर्नको लागी पनि यस गीतलाई सार्वजनिक गरिएको गायक थिङले बताउनु भयो । उनले गीत रमाईलो तथा उर्जा दिने किसिमको भएकोले श्रोता दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताए ।

आफू कहिल्यै चर्चामा आउन नचाहने तर सबैलाई निस्वार्थ सहयोग गर्ने सरल स्वभाब र निकै मिहिनेती तथा उर्जाशिल बहुप्रतिभाका धनी उदयमान गाएक तथा संगीतकार थिङको आफ्नै संघर्षको गाथा छ । कम बोल्ने तर संगीतमा निकै लगनशील र संघर्षशिल उनको बहुस्वभाब हो ।

हालै सार्वजनिक गीतको अडियो मिक्स मास्टर गाएक बिनय कार्कीले गरेका हुन् । यस गीतको भिडियोमा विवेक तामाङ र सुष्मीता खड्काको अभिनय देख्न सकिन्छ । उक्त गीतको भिडियो छायाँकन दिपक बिरु, सम्पादन अमृत चापाँगाइ र निर्देशन भने गौरव गिरीले गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस् ।https://www.youtube.com/watch?v=Nvh7UibVtWM&feature=emb_logo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *