पहिरामा पुरिएका तीन जनाको शव फेला

रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ ।

पहिरामा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए ।

पहिराले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी जारी रहेको प्रहरीको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी जारी राखेका छन् ।

पहिरो गएका कारण सडक अवरुद्ध भएकाले प्रदेशसभा सदस्य नारायण आचार्य र गाउँपालिका अध्यक्ष विष्णु भण्डारी घटनास्थलमा पुग्न नसकेको पालिकाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close