‘९ अर्ब भ्रष्टाचारको आरोप गलत प्रमाणित भए मृत्युदण्ड भोग्न तयार छु’ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले केहि दिन अघि बुढीगण्डकी जलविद्युत आयोजनामा ठूलो भ्रष्टाचार भएको आरोप लगाए।

गृहजिल्ला गोरखामा आयोजित कार्यक्रममा उनले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवामाथि ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए।

आफू प्रधानमन्त्री भएका बेला सुरु भएको उक्त आयोजनामा भ्रष्टाचार भएको प्रमाण दिन तयार रहेको बाबुरामको भनाई छ।

नेता भट्टराईको उक्त अभिव्यक्तिपछि राजनीतिक क्षेत्रमा तरंग छाएको छ। नेपाली काँग्रेसले पार्टी सभापति देउवामाथि लगाएको आरोप पुष्टि गर्न बाबुरामलाई चुनौती दिइसकेको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

सत्ताधारी दल नेकपाले भने यो अभिव्यक्तिबारे कुनै टिप्पणी गरेको छैन।

राजनीतिक दल तथा नेताहरुले उक्त आरोप प्रमाणित गर्न चुनौती दिन थालेपछि नेता भट्टराईले यस प्रकरणको छानबिन आरम्भ गर्न सरकारलाई आग्रह गरेका छन्।

त्यसका लागि एउटा अधिकारसम्पन्न छानबिन आयोग गठनको माग उनले गरेका छन्।

आफूसँग भएको प्रमाण सम्बन्धित आयोगलाई उपलब्ध गराउन आफू तयार रहेको डा.भट्टराईले बताए।

यदी आफ्नो आरोप गलत प्रमाणित भए आफू मृत्युदण्डका लागि तयार रहेको उनको चुनौती छ।

हालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र कसैलाई गर्न पनि नदिने अर्थात भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अपनाउने बताउँदै आएका छन।

बौद्धिक नेताको छवि बनाएका नेता भट्टराईले उक्त आयोजनामा भ्रष्टाचार भएको प्रमाण सार्वजनिक गर्ने बताइसके।

मुलुकका पूर्वप्रधानमन्त्री रहिसकेका एक व्यक्तिको यो अभिव्यक्तिलाई सरकारले कसरी लिन्छ? अब सरकार यो प्रकरणमा छानबिन गर्न तयार होला? त्यो हेर्न बाँकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button