प्रमोद खरेल र अन्तरा उपाध्यायको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ। गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

म्युजिक भिडियो नेपसिस्टर्सको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।

डान्सिङ शैलीमा रहेको यस गीतमा शब्द र संगीत तुंग नेपालको रहेको छ। उनी लामो समयदेखि विदेशमा नयाँ पुस्तामाझ नेपाली भाषा, साहित्य र संगीतको प्रशिक्षण गर्दै आएका छन्।

गीतको म्युजिक भिडियोमा युवायुवतीबीचको प्रेम र आकर्षणलाई अभिनेता पुष्प खड्का र अभिनेत्री गरिमा शर्माले प्रस्तुत गरेका छन्।

मोहित मुनालको संगीत संयोजन रहेको यस गीतको भिडियोमा शुभम भुजेलको कोरियोग्राफी रहेको छ ।

निर्देशक निकेश खड्काले तयार पारेको भिडियोमा बुद्ध थापाको छायाँकन रहेको छ। भिडियोको सम्पादन विकास धमलाले गरेका छन्।

युट्युब भिडियोको लिङ्क—
https://youtu.be/v-afHGjyeBw

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button