चितवन प्रहरीले चार दिनमा ४६ फरार अभियुक्त पक्राउ गर्न सफल

डिलकुमारी नेपाल, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले चार दिनमै ४६ जना फरार अभियुक्तहरु पक्राउ गर्न सफल भएको छ ।

विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय भुक्तान गरिरहेका फरार अभियुक्तलाई क्रमश २५ गतेदेखि २८ गतेसम्मको निरन्तर प्रहरीको खोजीकार्यले फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।

विभिन्न नकवजनी चोरी, जबरजस्ती करणी, लागू औषध, कर्तव्य ज्यान, बहु बिबाह, बन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसुर, किर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी र सम्बन्धबिच्छेद मुद्दामा फरार रहेका ४५ जना पुरूष र १ महिला गरी ४६ जना फरार व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकोहरुलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुर्य बहादुर थापाले बताउनुभयो । सो मुद्दामा ७ बर्ष ९ महिना २६ दिन कैद र रू.४ लाख ८ हजार ३११ रुपैयाँ रकम असुल उपर भएको समेत प्रवक्ता थापाले बताए ।

थोरै समयमा चितवनमा चार दिनमा यति धेरै फरार अभियुक्त पक्राउ गरिएको चितवन प्रहरीको यो नयाँ रेकर्ड समेत रहेको चितवन जिल्ला प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।

एसपी नान्तिराज गुरुङले चितवनमा कमाण्ड सम्हालेपछि चार दिनमा ४६ जना फरार अभियुक्त पक्राउ गर्न सफल भएको योे पहिलो नयाँ रेकर्ड चितवन प्रहरीले राख्न सफल हुनुभएको छ ।

चितवन जिल्लावासीले छोटो समयमा नै प्रहरीले यो नौलो काम गरेको र तुरुन्तै प्रहरीले आफनो काम कारवाही अघि बढाउनुले स्थानीयले सुरक्षाको प्रत्याभुत गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button