नेकपा सचिवालय बैठक अघि राष्ट्रपति भण्डारीदेखि चिनियाँ राजदूत सक्रिय

काठमाडौं । आज दिउँसो १ बजेका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बोलाइएको छ । गत शुक्रबार बसेको सचिवालयको बैठकले आजको मिति तोकेको थियो । बैठकमा प्रचण्डले पेश गरेको एकल प्रस्ताव फिर्ता गर्नुपर्ने ओली तथा उनी निकटका नेताहरुले बताउँदै आएका छन् ।

सचिवालयका बहुमत सदस्यहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभिएपछि उनी पार्टीभित्र अप्ठ्यारोमा परेका बेला बैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसम्म सक्रिय बनेका छन् ।

हिंजो साँझ राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी थिइन् । त्यस्तै, राति नै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पनि भेटवार्ता भएको थियो । बालुवाटारमा चिनियाँ राजदूत यान्छीसँग करिब दुई घण्टा भेट गरेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

केही दिनअघि राष्ट्रपति भण्डारीले नेकपा वरिष्ठ नेता माधव नेपाल तथा उपाध्यक्ष वामेदेव गौतमलाई पनि भेटेकी थिइन् । गत वैशाखको अध्यादेश प्रकरणपछि नेकपा विभाजनको मुखमा पुग्दा पनि यान्छी सक्रिय भएकी थिइन् । उनकै प्रभावका कारण सचिवालयको सुरुवाती बैठकमा कडा रुपमा प्रस्तुत भएका प्रचण्ड तथा माधव नेकपा पछि नरम बन्दै विवाद स्थगित गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button