काठमाडौंमा प्रचण्ड-नेपाल पक्षका विद्यार्थीको भेला

नेकपाभित्रको विवाद गुटगत रुपमा तीव्र भइरहेका बेला त्यसको असर जनवर्गीय संगठनहरुमा पनि देखिएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले शुक्रवार राजधानीमा छुट्टै भेला गरेका छन्। थापाथली क्याम्पसमा बागमती युवा विद्यार्थीको भेला भएका हुन् ।

पार्टीभित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग विवाद भैरहेको बेला प्रचण्ड–नेपाल समुहका विद्यार्थी भेलामा जुटेका हुन्।

भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्य,स्थायी कमिटी सदस्य पम्फा भुसाल लगायत उपस्थित छन्।

यसअघि ओलीनिकट रहेका विद्यार्थी संयोजक ऐन महरले एकहप्ता अघि काठमाडौंमा आफू पक्षका नेता कार्यकर्ताको भेला गरेको गरेका थिए ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड नेता नेपाल समूहबीचको विवाद चुलिएको छ। प्रचण्ड ओलीले एक अर्का विरुद्ध आरोप लगाउँदै प्रस्ताव सचिवालयमा पेश गरेका थिए ।

अहिले दुबै प्रस्ताव सचिवालयमा छलफलका क्रममा रहेको भए पनि ओलीले प्रचण्डको प्रस्ताव फिर्ता गराएर संयुक्त दस्तावेज बनाउन पहल गरिरहेका छन् भने प्रचण्ड पक्षले दुवै प्रस्तावका बारेमा केन्द्रीय कमिटीसम्म लगेर छलफल गर्नुपर्ने अडान लिँदै आएका छन् ।

दुई पक्षबीच कुरा नमिल्दा सचिवालय बैठकले कुनै निर्णय गर्न सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *