विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड नाघेकोे छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ५६ हजार ३ सय ८४ जनामा संक्रमण देखिएको छ ।

यसरी विश्व्मा कोरोना संक्रमितको संख्या ७ करोड ६ लाख ७७ हजार हजार ९ सय ९१ पुगेको हो ।

त्यस्तै विश्व्मा एकैदिन कोरोना संक्रमणबाट १२ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ ।

यसरी विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख ८७ हजार ४ सय ३१ पुगेको छ ।

विश्वभर ४ करोड ९१ लाख २८ हजार ७६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button