बझाङमा टिप्पर दुर्घटना: २ जनाको मृत्यु, ३ घाइते

२७ मंसिर २०७७, शनिबार । टिप्पर दुर्घटना हुँदा बझाङमा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

तल्कोट गाउँपालिका–३ को किरकिट्या भन्ने स्थानमा शनिबार दिउँसो २ बजे बा ३ क ६०० नम्बरको नागार्जुन कष्ट्रक्सनको टिपर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।

चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन्।

घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button