अस्थिरताको भुमरीमा नेपाली राजनीति

एउटा लोककथा छ । साधारण तर, अर्थपूर्ण कथा । यो फिलिपिन्सको प्रचलित लोक कथा हो । यस्तो लोककथा हाम्रा गाउँघरमा पनि सुन्न पाइन्छ । दुई जना अत्यन्तै मिल्ने सिकारी साथीहरु थिए । उनीहरु मिलेर सिकार जान्थे, मिलेर सिकार गर्थे र बाँडीचुँडी खान्थे । एक दिन सिकार मिलेन । उनीहरु निरास हुँदै घर फर्किए ।

जंगलको बीचतिर बाटोमा एउटा स्वर्णघडा देखियो । जव घडा देखियो, उनीहरुको बर्षौ अगाडिदेखिको मित्रता, सहयोग र सद्भावको सीमा सकियो । उनीहरु स्वर्णघडा आफुमात्र लिने लोभमा फसे । एउटाले भन्यो, यो मेरो हो किनभने यसलाई पहिले मैले देखे ।

अर्कोले भन्यो, यो मेरो हो किनभने यसलाई मैले पहिले छोएँ । कुरा मिलेन । उनीहरु हानाहानमा उत्रिए । लड्दालड्दै एउटाको मनमा जुक्ति आयो । भन्यो, छोड साथी यो लडाईँ । पहिले बोरा खोजौं । यसलाई घर लैजाऊँ अनि बाँडफाँटको सल्लाह गरौंला । यसरी उनीहरु नयाँ षडयन्त्रमा लागे ।

बोरा खोज्न सहर गएको साथीले खानेकुरामा विष मिसाएर ल्यायो । जंगलमा बसेको सिकारीले पनि सहर गएको साथीलाई मार्ने योजना बनायो । जसै सहर गएको साथी बोरा लिएर आइपुग्यो, जंगलको सिकारीले उसलाई लुकेर तरवार प्रहार गर्यो र मार्यो ।

ऊ मरेपछि सुविस्तासाथ घडा लैजाने योजना अनुसार उसले सहरबाट ल्याएको खाजा स्वाद मानीमानी खायो । विष भएको खाजा खाएपछि ऊ पनि मर्यो । दुवै सकिए । कथामा जस्तै नेपाली राजनीतिमा पनि स्वार्थको खेलकुद तिव्र छ । राजनीतिक अस्थिरताको यो नै मुख्य कारण हो । वि.सं. २००७ देखि ०७७ सालसम्म हामीले ७० हिउँद र बर्षा वितायौ । राजा देख्यौं । राजनीतिक आन्दोलनमा तिन पुस्ताले भाग लियौं । यो निकै लामो समय हो । रोचक र दुखद कुरा यो छ कि वितेका ७० वर्षमा हामीले ४० वटा सरकार पार गर्यौं ।

सत्तासंघर्षबाट सरकार बनेका र ढलेका अनेकौं घट्ना हेर्यौं । नेपाल भन्दा अगाडि नै स्वराज प्राप्त भारतमा पाँचौं प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले सपथ ग्रहण गरेका हुन । यता हामी २०७७ पौष ४ आइपुग्दा पचासौं सरकार बेहोरीरहेका छौ । र एकाउन्नौंका रुपमा आज मात्र संसद विघटन गरी देशलाई थप राजनीतिक संक्रमणको बाटोमा धकेलिएको छ । वितेका वर्षहरुमा कुनै पनि सरकारले पूर्ण अवधि काम गरेन्न ।

४१ वटा सरकारलाई ७० वर्ष भागहाल्दा सरदर एउटा सरकारले डेढ वर्ष मात्र काम गरेको देखिन्छ । त्यसैले भन्न सकिन्छ –हामी ७० वर्षदेखि निरन्तर संघर्षमा छौं । यसरी २००७ देखि २०१४ सम्मको अन्तरिमकालमा ८ वटा सरकार बने ।

२०१४ को निर्वाचन पछि स्थिरताको सम्भावना थियो तर राजा महेन्द्रले २०१७ सालमा ”कु“ गरे । निर्दलीय पञ्चायती व्यवस्थाका ३० वर्षमा १४ वटा सरकार वने । यो अवधिमा राजा महेन्द्रका दर्जनौ परिक्षणहरु असफल भए । तुलसीगीरी देखि मरिचमान सिंह सम्मका प्रयोगहरुले पञ्चायतलाई गतिशिल बनाउन सकेन ।

सवै सरकारहरु या त दरबारको शक्ति संघर्षको कारण ढले या त पञ्चहरुको गुट, भूमिगत गिरोहको षडयन्क्र, व्यत्तित्वको टकरावबाट सकिए । राजाको पञ्चायत असफल हुनुको मुख्य कारण अस्थिरता, राजनीतिक अराजकता र सत्तसंघर्ष नै थियो ।

२०१७ सालमा टुटेको राजनीतिक व्यवस्था २०५६ सालमा पुनः जोडियो तर प्रजातन्त्रको मुल भावना दलहरुले ०५६ पछि पनि समाउन सकेनन । उदार सरकार र जिम्मेवार राजनीतिको जनअपेक्षा पुरा भएन । परिणाम ०५६ देखि ०६३ सम्म आइपुग्दा १६ वटा सरकार बने र ढले ।

दलहरुमा छोटे राजाहरु देखा परे । अनेकौं सत्ता संघर्षका कारण सरकारले स्थायित्व पाउन सकेन । २०५८ सालको निर्वाचनबाट नेपाली काँग्रेसले सरकार बनाउने युगिन अवसर प्राप्त गर्यो । पूर्ण बहुमत थियो तर त्यो अवसर काँग्रेसले आफ्नै कारण गुमायो ।

काँग्रेसकै आन्तरिक कलहका कारण गिरिजाप्रसाद कोइरालाले संसद विघटन र नयाँ निर्वाचन घोषणा गरे । सायद त्यो बेला संसद विघटन हुदैन्थ्यो त आजको राजनीति फरक हुने थियो । २०४१ सालको मध्यावधी निर्वाचनमा एमाले ठूलो पार्टीको रुपमा उदायो ।

ठूलो पार्टीको हैसियतले एमालेको सरकार बन्यो । तर त्यो सरकारलाई नौ महिना भन्दा धैरे टिक्न दिएन । ०५८ पछि न काँग्रेसले आफ्नो बहुमतको सरकार टिकायो न त २०४१ मा एमाले सरकार नै टिक्यो । त्यसपछि कृष्ण प्रसाद भट्टराईको सरकार समेत ढल्यो । यस्तै राजनीतिक संक्रमणकै अर्को उदाहरणका रुपमा राजा विरेन्द्रको बंश नाश समेत भयो ।

बंशै नाश हुने गरी भएको घट्नाको कुनै खोजवीन भएन । तर, विरेन्द्रको बंश नाशपछि ज्ञानेन्द्र राजाको रुपमा विराजमान भए ।

ज्ञानेन्द्रका ३ वर्षमा ४ वटा सरकारहरु बने र ढले । यो पनि पुरानै असफलताको निरन्तरता थियो । गणतन्त्र स्थापना पछि एमाओवादी संग धेरै आशा थियो ।

जनमत प्राप्त गर्यो । त्यो जनमत शान्ति र जनजीवीकाको अभिमत थियो । तर, नयाँ नेपाली राजनीतिका नयाँ नायकहरुले पनि स्थायित्व दिन सकेनन् । अस्थिरताकै भुमिरीमा फसे । परिणाममा सरकार बन्ने र ढल्ने फ्रक्रियाले निरन्तरता चलिरहयो ।

नेताहरुको ध्यान सिधै सत्ता, शत्ति र सम्पत्तिमा केन्द्रीत भयो । स्थायित्व, शान्ति र समृद्धि प्राथमिकता परेन । यसरी नै पहिलो संविधान सभा असफल भयो । लोकतन्त्रको पहिलो गाँसमै ढुङ्गो लाग्यो ।

गैरदलीय सरकारको नेतृत्वमा २०७० मंसिरमा अर्को संविधान सभाको निर्वाचन भयो । माओवादी तेस्रो शक्तिको रुपमा खुम्चियो । २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो संविधान आयो ।

नेपाली काँग्रेका तत्कालिन प्रधानमन्त्री सुसिल कोइरालाको नेतृत्वमा देशले संविधान पायो । तर, संविधान जारी पछि पनि तीन वटा सरकार बने र ढले । यति लामो अस्थिरता र संक्रमण अन्यत्र विरलै देख्न पाइएला । सत्ता स्वार्थको खेलकुद, सरकार परिवर्तनको नाममा सांसद खरिदविक्रिको बदनाम समेत नेपाली राजनीतिमा प्रष्टै देखियो ।

पछिल्लो समय लोभ र डरको जगमा बनेको नेकपा गठबन्धनले नेपाली राजनीतिलाई थप तरङ्गित बनायो । र, निर्वाचनमा जनताले आफ्नो अभिमत प्रकट गरी दुई तिहाइको सरकार बनाउने सुर्वण अवसर प्राप्त गरायो । तर, बहुमत प्राप्त सरकारको मधुमासको समय देखि अहिले सम्म प्राडो, पजेरो, सरुवा, बढुवार नियुक्तिमै व्यस्त रहे । बांकि वितेको समयमा ठुल ठुला भ्रष्टाचारको श्रृङ्खला बढ्दै गए ।

जताततै हत्या हिंसा बढ्दै गए । नेपाली राजनीतिलई धुमिल मात्र होइन कलङ्कित र बदनाम समेत गरायो । कोरोना कहरमा समेत जनता रोग, सोक र भोकले चिच्याउदा समेत सरकारका न त आँखा खुले, नत कान खुले । चारैतिर अन्याय, अत्याचार र भ्रष्टाचार मात्र मैलायौ, सर्वहाराको नारा पदलोभ, धनलोभ र सत्तास्वार्थको खेलमा तुहीयो ।

नेपाली राजनीतिमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र केही आएन, दलतन्त्र वा नेतातन्त्र मात्रको अनुभुति भयो । न त सर्वहाराको जनजिविका फेरियो न त शासन व्यवस्थाको नै गरिमा रहयो ।

यही अन्याय, अत्याचार र भ्रष्टाचारको बढ्दो श्रृङ्खला बीच विभिन्न अस्त्रहरु प्रयोग गर्दै सर्वसत्तावादी चरित्रको नयाँ उपहारका रुपमा नेपाली जनताको जनमतको हुर्मत उडाउदै अधिनाकयबादी प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्दै नेपाली राजनीतिलाई थप संक्रमण बनायो ।

सर्वहाराको नारा लगाउदै उदीयमान ओलीले अहिले तिनै सर्वहाराको अभिमतको हुर्मत उडाउदै नेपाली राजनीतिलाई थप अन्यौल र संक्रमणको बाटोमा पुर्याए ।

कोरोना कहरले जनता रोक, भोक र शोकमा डुवीरहेका छन् । देश आर्थिक रुपमा टाट पल्टेको छ । सवैतिर साना देखि ठूला व्यवसाय कलकारखानाहरु ठप्प भएका छन् ।

यो अप्ठयारो परिस्थितिलाई समालेर लग्नुको सट्टा अहंकारी शैलीमा २०१७ सालको ”कु“ बाट शुरु भएको अस्थिरता आज संसद विघटन गरेर सोही घट्नाको पुनरावृति गरेको छ ।

राजनीतिक संक्रमणलाई थप नयाँ बल पुग्ने गरी ओलीले देशलाई अनिष्ट ल्याएका छन् । यसो हेरीरहँदा नेपाली राजनीतिक संक्रमण नेताको अपरिपक्वता हो अथवा यो देश चलाउने साचो अन्तै हो ? यो सोचनीय प्रश्न छ ? किन ?

आखिर समय समयमा अस्थिरता मात्र आउँछ । किन नेपाली राजनीति विदेशी साचोको सिकार बन्यो ? नेपालले युग पुरुष नपाएकै हो त ? यी तमाम प्रश्न नेपाली राजनीतिमा थाती छन् ।

आज २०७७ पौष ४ गते आइतबार संसद विघटन् त्यही राजनीतिक संक्रमणको निरन्तरता र लजास्पद कदम हो । यो कदम नेपाली जनताका लागि अपराधिक कदम हो । यो नेपाली जनताका लागि अर्को कालो दिन हो । (लेखक महेश भट्ट नेपाली काँग्रेसका युवा नेता हुन)

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button