प्रचण्ड/नेपाल पक्षले ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता माधव कुमार नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

स्थायी कमिटीको बैठकले गरेको उक्त निर्णयजाई केन्द्रीय कमिटीले पास गर्ने छ । त्यसका लागि राजधानीको कार्की ब्याङकेटमा प्रच्ण्ड नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। यसअघि ओली र प्रचण्ड अध्यक्ष थिए । यसैबीच आजै विहान बसेको ओली पक्षको बैठकले भने कसैलाई कारवाही गरेको छैन ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button