नेपालले आफ्नै कार्गो रेल भारतमा सञ्चालन गर्न पाउने

काठमाडौँ । भारतमा नेपालले आफ्नै कार्गो रेल सञ्चालन गर्न पाउने भएको छ। यसका साथै भारतले आफ्ना निजी ट्रेन अपरेटरहरूलाई नेपाली कार्गो बोक्ने अनुमाती समेत प्रदान गरेको छ।

अहिले सम्म यस्तो अनुमति भारतीय कन्टेनर निगम लिमिटेडलाई मात्र प्राप्त थियो। यी रेलहरू दुई प्रमुख बन्दरगाह कलकत्ता र बिसाखापटनम देखि नेपाली पोर्ट सम्म सञ्चालन हुनेछन्।

नेपाली व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएका यी दुई विषयहरू सम्बोधन गरिएपछि रेल प्रणालीको विकासमा यसलाई ठुलो अवसरको रूपमा लिइएको छ।

नेपाली रेल कम्पनीलाई भारतमा सेवा सञ्चालन गर्न दिनुले नेपाली रेल प्रणालीको विकासका साथै ठुलो व्यावसायिक अवसर प्राप्त हुने भएको छ।

नेपाली विदेश सचिव र वाणिज्य सचिवले आफ्ना भारतीय समकक्षीहरूसँग हालैको बैठकमा प्रमुखताका साथ यो माग राखेका थिए।

नेपालका व्यवसायीहरूले लामो समयदेखि भारतसँग माग गर्दै आएको निजी कार्गो सेवाको प्रयोगले नेपाललाई कम लागतमा भरपर्दो र छिटो कार्गो आवागमन प्राप्त हुनेछ।

लगभग सम्पूर्ण नेपाली कार्गो भनेको औद्योगिक कच्चा माल नै हो त्यसैले यो सहमतिले नेपालको व्यवसायीक क्षेत्रमा ठूलो राहत प्रदान गर्ने निश्चित छ।

नेपालको रेल प्रणालीलाई सहज बनाउने र कार्गो आवागमनको बिकास गर्ने कार्यका साथै अन्तर्देशीय जलमार्गमा समेत नेपाललाई जोड्ने सन्दर्भमा भारतीय सक्रियता बढेको छ।

दुवै देशहरू बीच ट्रान्जिट सन्धि माथिको छलफलमा बल्क कार्गो आवागमनको क्षेत्रमा केही ठूला पहलहरु हुनुका साथै अन्तर्देशीय जलमार्गका सन्दर्भमा समेत विविध मोडलहरूले पनि अन्तिम रूप लिएको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button