पशुपतिनाथ क्षेत्रबाट केही दिनमा नै सफा पानी बग्छ : खानेपानी मन्त्री थापा

काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले पशुपतिनाथ क्षेत्रबाट केही दिनमा नै सफा पानी बग्ने बताएका छन् ।

गुह्येश्वरीमा निर्माण भएको गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको शुक्रबार अवलोकन गर्दै उनले प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

इन्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सम्पन्न भइसकेको जानकारी दिए ।

इन्जिनियर पन्थीका अनुसार ढल प्रशोधन केन्द्र सञ्चालन भएपछि दैनिक तीन करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सकिन्छ ।

फोहोर पानी प्रशोधन हुँदा दैनिक सात टनसम्म मल निस्किने पनि पन्थीले जानकारी दिए ।

सन् २०१६ बाट निर्माण सुरु भएको यो आयोजनामा नेपाल सरकारको ३० प्रतिशत र एसियाली विकास बैङ्कको ७० प्रतिशत लगानी छ ।

कूल लागत २ अर्ब ५५ करोड रुपियाँ रहेको आयोजना ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button