कोरोना अपडेट: थप ५२२ संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ५ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २२ जनामा कोरोना पुष्टि भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button