‘केपी ओली खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो’ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किर्तेप्रसाद भनेर सम्बोधन गरेका छन् ।
नेपाली कांग्रेसले शनिबार आयोजना गरेको ललितपुरको विरोधसभालाई सम्बोधन गर्दे नेता थापाले ओली समूहको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम खड्गप्रसाद ओली नभइ कीर्तेप्रसाद ओली राख्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्रीले एक गल्ती ढाकछोप गर्न पटक पटक झुट बोलेको आरोप लगाएका थापाले भने, ‘केपी ओलीको नामको पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो ।’
ओलीले प्रचण्ड–नेपाल समूहलाई हेप्दाहेप्दै संविधानलाई नै हेपेको बताउँदै थापाले थापाले ओलीलाई यो अवस्थामा ल्याउन प्रचण्ड–नेपाल समूहको पनि भूमिका रहेको बताए ।