चितवन ट्राफिक कार्यालयद्वारा ६ महिना अबधिमा डेढ करोड भन्दाबढीको राजश्व संकलन

डिलकुमारि नेपाल / ७ माघ, चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनले आर्थिक बर्ष ०७७ र०७८ मा ६ महिना अबधिमा १ करोड ६१ लाख ८१ हजार २६ सय रुपैंया राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले दिएको जानकारी अनुसार पुस मसान्तसम्म गरिएको राजश्व सङ्कलनमा सबैभन्दा बढी पुसमा ४४ लाख ४४ हजार पाँच सय र सबैभन्दा कम भदौमा ६ लाख ८४ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले भदौ बाहेक अन्य महिनामा भने राजश्व सङ्कलनमा वृद्धि गर्दै लगेको छ । जसअनुसार साउन महिनामा ९ लाख २६ हजार रुपैंया, असोज महिनामा २९ लाख ७७ हजार पाँच सय, कात्तिक महिनामा ३४ लाख ३० हजार पाँच सय रुपैयाँ सङ्कलन गरेको हो । यस्तै कार्यालयले मङ्सिर महिनामा ३६ लाख ६३ हजार पाँच सय रुपैयाँ सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले कोरोनाको प्रभाव कम भएसँगै र बन्दाबन्दी हटेपछि सडकमा सवारी साधन कम चलेकाले संख्या बढेकोले राजश्व सङ्कलनमा क्रमशमा वृद्धि हुँदै गएको बताए ।

‘सडकहरुमा सवारीको संख्या र कारबाही संख्या पनि बढेको छ’ उहाँले भने । हामीले अहिले ट्राफिक कडाइ, चेकजांँच बढी गरेका हौ ।’ जिल्लामा दैनिक ९ वटा चेकिङ प्वाइन्टमा तीन सिफ्ट गरेर सवारी साधन चेकजांँच भइरहेको उहाँको भनाई छ ।

भदौ महिनामा जिल्लामा तीन हप्ता निषेधाज्ञा भएकोले राजश्व सङ्कलन कम भएको हो, जब पुस महिनामा सबैभन्दा बढी मानवीय क्षति भएको कारण यस महिनामा थप कडाइ गरिएकोले बढी राजश्व सङ्कलन भएको बताउनुभयो ।

ट्राफिक प्रहरीले लाइसेन्स चेकिङ, तीव्र गति, ओभर लोड, ओभरटेकिङ्ग, रुट परमिट, नो पार्किङलगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही संगै जरिवाना असुल्दै आएको छ, भने सोहि रकम नै राजस्वमा जम्मा गरिएको उहाँको भनाई रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button