फागुन २३ बाट ६० बर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना खोप लगाइने

काठमाडौं । सरकारले यहि फागुन २३ गते देखि ६० बर्षमाथिका जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जेष्ठनागरिकलाई कोरोना खोप लगाउनेबारे जानकारी दिएको हो।

मन्त्रालयले यसअघि फ्रन्टलाइनर, पत्रकार लगायतलाई कोरोनाको खोप नि:शुल्क रुपमा लगाइसकेको छ।

माघ १४ गतेदेखि सञ्चालन भएको कोभिड खोप अभियान अन्तर्गत फागुन ४ गते मंगलबारसम्म दुई लाख ६३ हजार चार सय ८६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।

माघ १४ गतेदेखि पत्रकार,स्वास्थ्यकर्मी,भन्सारमा कार्यरत कर्मचारीलगायतले खोप लगाएका थिए। भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप अहिले प्रयोग भइरहेको छ।

सरकारले भारतसँगै थप २० लाख डोज खोप ४ डलर दरमा खरिद गर्ने निर्णय गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button