स्याण्डी बीच रिसोर्ट तोडफोड

रातोपाटीन्यूज, सिन्धुपाल्चोक । लकडाउनपछि सिन्धुपाल्चोकको सुकुटेमा भखरै मात्रै संचालनमा आएको स्याण्डीबीच रिसोर्टमा तोडफोड भएको छ ।

तोडफोडमा बाह्रबिसे नगरपालिका जम्बुका तीन युवाहरुको पहिचान भएको रिसोर्ट सञ्चालकहरुले जानकारी दिएका छन् ।

फागुन ७ गते बिहान १ बजेर ५४ मिनेटमा ३०८ नम्बरको गाडी र एक स्करपियुमा आएका युवाहरुले रिसोर्ट नखोलेको निहुँमा तोडफोड गरेको रिसोर्ट सञ्चालकहरुको दावी छ ।

गेस्ट सवार बा ४ ख ७९१ नम्बरको बस, गेस्ट सुतेको छानामा ढुंगामूडा गरेको संचालकहरुले बताएका छन् ।

ढुंगामूडाले गाडीको सिसा, रिसोर्टको गेटमा रहेको गार्डेनमा क्षति, सुरक्षागार्डको मोबाइल फुटेको संचालकहरुले बताएका छन् ।

ढुंगा प्रहार गर्नेहरु मध्य तीन जनाको पहिचान भएको र उनीहरु बिरुद्ध प्रहरीमा उजुरी गर्ने संचालकहरुले जानकारी दिएका छन् ।

पहिचान हुनेमा दावा लामा, प्रबिन अधिकारी, बिकेस लामा रहेका छन् । अन्यको पहिचान हुदैं गरेको संचालकहरुले जनाएका छन् । अन्यको सीसीटिभि मार्फत पहिचान हुदै गरेको छ ।

रिसोर्ट ब्यबसायीहरुले तोडफोडमा संलग्नहरुलाई कानुनी कारवाहीको माग गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button