ओली समूहको संसदीय दलको बैठकमा सम्पन्न, ११५ सांसद उपस्थित!

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको ओली पक्षीय नेताले दाबी गरेका छन्।

बैठकले आइतबार (भोलि) बस्ने प्रतिनिधि सभा बैठकमा प्रभावकारी भूमिका खेल्ने निर्णय आजको बैठकले गरेको नेता सुवाश नेम्वाङले बताए।

बैठकमा प्रधानमन्त्री ओलीले भोलि शुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनम आफूसँग नेकपाका बहुमत सांसद रहेको दाबी गर्दै संसदमा अविश्वास प्रस्ताव दर्ता गरिए त्यसलाई फेस गर्ने बताए।

संसदीयदलका नेता समेत रहेका ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनेबारे शब्द समेत उच्चारण गरेनन्।यसअघि प्रचण्ड–माधव पक्षले पनि आफ्नो बैठकमा ११५ जना सांसद उपस्थित भएको दाबी गरेको थियो।

ओली समूहले आजको बैठकमा उपस्थित हुन प्रचण्ड माधव नेपाल समूहका सांसदहरुलाई समेत एसएमएस गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button