आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक आज विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

आजको बैठकले पार्टीको नाम र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न लागेको जनाएको छ ।

सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले व्यतिएपछि नेकपा एमालेमै रहेकाहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा बादल सहित ६ जनालाई मन्त्रीबाट फिर्ता हुन निर्देशन दिइसकेको छ ।

तर नेकपा एमालले शुक्रबार मात्रै सरकारमा रहेका ६ जनासहित २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।

उनीहरु नेकपा माओवादी केन्द्रमा नफर्कने भएसँगै सबैलाई कारबाही गर्ने विषयमा आजको बैठकले निर्णय गर्न सक्ने बताइएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button