images
images
  • दुना टपरी उद्यममा शारदा प्रसाद चालिसे

    सामुदायिक बनमा निर्भर दुना टपरी उद्योग स्थापना गरेर सामुदायिक बन उपभोक्ता महासङ नेपाल जिल्ला महासङका उपाध्यक्ष सुनकोसी गाउँपालिका ७ पाङ्ग्रेटार निवासी शारदा प्रसाद चालिसेले आफूले मात्र लाभ नलिई सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका चौतारा साँगाचोक नगरपालिकाका महिला दिदीबहिनी आमाहरूलाई आंशिक रोजगारी सृजना गर्नु भएको छ ।

    सुनकोसी गाउँपालिका ७ पाङ्ग्रेटारका शारदा प्रसाद चालिसे सिन्धुपाल्चोक जिल्ला सामुदायिक बन उपभोक्ता महासङका उपाध्यक्ष पनि हुन । सिन्धुपाल्चोक जिल्लाको हरित वातावरण कायम राख्न सुख्खा मौसममा बन डढेलो नियन्त्रण गर्ने कार्यमा लगातार २०७७ साल देखी २०७९ सालसम्म पनि सक्रिय रूपमा सिन्धुपाल्चोकको बन डढेलो नियन्त्रण गर्न सफल व्यक्तित्व पनि हुन ।

    हाल सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिका ३ मा सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र स्थापना गरी उद्यमी को छवि सुरु गर्दै गरेका शारदा प्रसाद चालिसेको परिचय अघिल्लो हरफमा उल्लेख गरे जस्तै सामाजिक क्षेत्रमा मात्रै सीमित राख्नु सम्भबत उहाँको लागी पनि अन्य हुनेछ । किनभने उहाँको सक्रियता बन महासङमा मात्र छैन । त्यस भन्दा टाढा उद्यमशीलतामा पनि उहाँ समर्पित हुनुहुन्छ ।

    शारदा प्रसाद चालिसेले सुनकोसी गापा ३ सुकुटे सेरामा सुनकोसी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका, बाह्रबिसे नगरपालिका भित्रका सामुदायिक बनहरूमा निर्भर सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र स्थापना गर्नु भएको छ । जसबाट उहाँले प्रत्यक्ष रूपमा गाउँपालिका भित्रका केही महिलाहरूलाई पूर्णकालिन रोजगार हुने छ भने सामुदायिक बनमा पात टिप्ने र ती पातलाई सिन्काले खुटेर लाफा बनाउने महिला दिदीबहिनीहरूलाई आंशिक रोजगारी सृजना गर्नु भएको छ ।

    शारदाले उद्योग स्थापना गरेर आफैले मात्र व्यवसायक लाभ नलिई त्यसबाट बन नजिकका पात टिप्ने महिला तथा सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्रमा काम गर्ने महिला दिदीबहिनीहरूले पाइरहेको रोजगारी यी दुवै अवसर सामुदायिक बनबाट सृजित हुन । सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र सुनकोसी गापा ३ मा डबल सिलिन्डरको १ ओटा मेसिन राखेर सालको पातबाट दुना टपरी बोता उत्पादन गर्ने उद्योग सञ्चालन गर्नु भएको छ । गत महिना कार्तिक महिना देखी सञ्चालनमा आएको उद्योगको प्रारम्भिक उत्पादन बजारमा बिक्री वितरण भइरहेको छ । जति उत्पादन गरे पनि बजारमा खपत हुने कुरामा शारदा उत्साहित छन् ।

    शारदाले यो भन्दा पहिले पनि कपडा उद्योग, पस्मिना उद्योग, ढाका उत्पादन, सम्बन्धी पूर्ण बिज्ञ हुनुहुन्छ । यो उद्योग सञ्चालन सुरु गरेको भने धेरै समय भएको छैन । यसअघि उहाँ कपडा उद्योग, पस्मिना उद्योग, ढाका उद्योग सम्बन्धी डिजाइन सम्बन्धी उद्यममा हुनुहुन्थ्यो । अन्य व्यावसायमा आबद्ध उहाँलाई बनमा निर्भर दुना टपरी उद्योग खोल्ने के ले प्रेरणा दियो त ?

    शारदाकै भनाइमा अरू देशको भर पर्नुपर्ने निर्भरता भन्दा आफ्नै स्वदेश र आत्मनिर्भर बन्न सामुदायिक बन समूहहरूको उपभोक्ताहरूलाई स्वरोजगार बनाउन आर्थिक सम्पन्नता बनाउन सुखी समुदाय सम्वृद्ध स्थानीय सरकार परिकल्पना साकार तुल्याउन सुरु गरिएको हो । समुदाय समाजलाई पनि लाभ मिल्ने र महिला दिदीबहिनी आमाहरूलाई पनि आयआर्जनमा जोड्ने विकल्प खोज्दा दुना टपरी उद्योग उपयुक्त देखी त्यसो त अचेल दुना टपरीको विकल्पमा बजारमा प्लास्टिकका कप र प्लेट थाल सजिलै पाइन्छन् । तर यी प्लास्टिकका सामानहरूले वातावरणमा प्रदूषण पारी रहेको छन् । स्वच्छ वातावरण कायमै राख्न यो नेचुरल सालको पातबाट निर्मित दुना टपरी नै प्रयोगमा ल्याउन यो उद्योग सञ्चालन गर्न लागिएको हो । खासगरी धार्मिक र सांस्कृतिक अवसरहरूमा दुना टपरी नै नभई हुँदैन ।

    दुना टपरीको विकल्प अहिलेसम्म अन्य सामाग्रीले ती स्थानहरू लिसकेको छैनन् । हामी नेपालीलाई जन्म देखी मृत्यु सम्म चाहिन्छ । नेपाली सांस्कृतिक चाड पर्व सङ जोड्ने काम गर्छ । त्यसमा आफू माध्यम बन्न सकेकोमा पुण्य कमाए जस्तो अनुभूति हुन्छ । त्यसैले आत्मा सन्तुष्ट पनि दिन्छ उहाँ भन्नु हुन्छ हाम्रै सामुदायिक बन कच्चापदार्थबाट बनाउन सकिन्छ । स्थानीय महिला दिदीबहिनीहरूलाई पनि आय आर्जनको माध्यम सृजना भएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै