images
images
  • Latest Update

    Trending

    मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्‍यो ?

    काठमाडौं– सरकारले केही सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

    बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरु केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र मुरारीप्रसाद खरेललाई सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । 

    सचिवमा बढुवा भएका शर्मा राष्ट्रिय तथ्यांक कार्यालयको सचिव, महालेखापरीक्षकको कार्यालयको उपमहालेखापरीक्षकको रुपमा अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा रुपमा खरेल रहने छन् । 

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्