images
images
  • Latest Update

    Trending

    कार्यादेश टुंगो लगाउन बसेको कार्यदल बैठक व्यर्थ

    काठमाडौं । संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ ।

    सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न संसदीय समिति बनाउने भनिएपनि त्यसको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको हो ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरू यथावत् अडान भएकाले बैठक निष्कर्षविहीन बन्न पुगेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ ।

    बिहानको बैठकमा कांग्रेसका प्रतिनिधिले गृहमन्त्री लामिछाने अपचलनमा संलग्न रहेको जिकिर गरे । ‘गोरखा मिडियामा जसरी सहकारीबाट पैसा आयो र त्यसको अपचलनमा रवि लामिछाने संलग्न हुनुहुन्छ, यो विषय राख्यौँ,’ कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकपछि भने, ‘हाम्रो बटमलाइनबाट टसमस छैनौँ ।’

    सहमतिमा पुग्न फेरि बैठक बस्ने उनले बताए । कांग्रेस प्रतिनिधिले सहमतिको ‘मध्यविन्दु’ खोज्न सत्तापक्षलाई आग्रह गरेका छन् । ‘मध्यविन्दु खोज्न सत्तालाई प्रस्ताव लिएर आउनुस् भनेका छौँ,’ उनले भने ।

    यता कार्यदलका सदस्य समेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताए । ‘सकारात्मक भयो । हाम्रो टिममा बसेर छलफल गर्नुपर्छ । उहाँहरुले पनि छलफल गर्नुपर्छ,’ उनले भने, ’बाहिर आएजस्तो सहमति भएको छैन । सहमति गरेर हाउसको गतिरोध अन्त्य गर्ने सहमति भयो ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्