images
images
  • Latest Update

    Trending

    अनन्त अजयले ल्याए ‘ए दिल लिनेहरु’

    काठमाण्डौँ । गायक तथा लेखक अनन्त अजयले आफ्नो तेश्रो म्युजिक भिडियो गीत ‘ए दिल लिनेहरु’ बजारमा ल्याएका छन् ।

    बिगतदेखि हास्यव्यंग टेलिश्रृंखला तथा अन्य गिति अभिनयमा जमिरहेका नवलपरासी बर्दाघाट नगरपालिका वडा नम्बर ४ का निवासी अजयले भिडियोमा अधुरो प्रेमकथाको चित्रण गीतमा उतारेका छन् । उनकै लेखन शब्दमा बनेको म्युजिक भिडियो सातादिनअघि आफ्नै अनन्त अजय नामक युट्बबाट सार्वजनिक भएको गायक अजयले बताए ।

    अजयको स्वर र हरि लम्सालको संगित रहेको यो गीतमा भिडियोको निर्देशन व्यवसायी पिटर गुरुङले गरेका थिए । समाजसेवी व्यवसायी रामहरी थापाद्वारा निर्मित यो भिडियोमा अजय र शितल क्षेत्रीले अभिनय गरेका छन् । यसअघि अजयले ल्याएको आमा, सारा यादहरु लिएर जाउझै ए दिल लिनेहरुले चर्चा बटुलेको छ । भने, गोर्खे फिल्मको बैरी भयो फिल्मी गीतदेखि महजोडी हरिवंश आचार्यको चर्चित उ गरेर उ गरौ नामक चर्चित टेलिश्रृंखलामा एक जोशिला युवकको अभिनयसमेत् गरेका छन् । यसबाहेक उनले दर्जनौ गीत र कविता लेखेका छन् ।

    गायक तथा लेखक अजयले आफ्नो तेश्रो म्युजिक भिडियो गीत ‘ए दिल लिनेहरु’ बजारमा ल्याएका छन् ।

    सिन्धु साहित्यिक वाङ्मय प्रतिष्ठानका सदस्यसमेत् रहेका अजय वाङ्मयको अनेक अभियान र चेतनामुलक यात्रामा सहभागी हुँदैआएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्