images
images
  • जिल्ला न्यायाधीशमा ८ जना सिफारिस

    काठमाडौं – न्याय सेवा आयोगले ८ जना जिल्ला न्यायाधीश सिफारिस गरेको छ।

    आयोगले सूचना प्रकाशित गरी लिखित परीक्षा र अन्तरवार्तापछि नियुक्तिको लागि ८ जनाको नाम सिफारिस गरिएको जानकारी दिएको छ।

    सिफारिस भएका जिल्ला न्यायाधीशमा कमलकान्त जोशी, नारायण सापकोटा, वसन्तराज जोशी, मनिराम ज्ञवाली, अन्जनराज सापकोटा, नीतिज राई, तिलक कार्की  र चन्द्रमणि चापागाई रहेका छन्।

    आयोगले आन्तरिक खुला, खुला, महिला, आदिवासी जनजाति, मधेशी र अपाङ्गता भएको समूह अन्तर्गत ४३ पदका लागि विज्ञापन गरेको थियो।

    तर ८ जना मात्रै उर्तिण भएका थिए। लिखित पास गरेका सबै न्यायाधीश बन्ने भएका हुन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै