images
images
  • Latest Update

    Trending

    बहालवाला मुख्यसचिवसहित १२ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा, ३८ करोड बिगो दाबी

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना बिरुद्ध मुद्दा दर्ता गरेको छ ।

    आईतवार विशेष अदालतमा मुख्यसचिव अर्यालसहित १२ जना बिरुद्ध मुद्दा दर्ता गरिएको हो ।

    सार्वजनिक संस्थाको सम्पती हानी, नोक्शानी गरी भ्रष्टाचार गरेको मुद्दामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विशेष अदादलतका प्रवक्ता धनबहादुर कार्कीले तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक रही हाल अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजश्व विभागका तत्कालीन उपमहानिर्देशक हाल भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालय लािजम्पाटमा तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिवल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्र सिंहदरबारकै तत्कालीन तत्कालीन खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल्स प्रा.लि.का निर्देशक केशव शर्मा र यो कम्पनीलाई विपक्षी बनाएर १२ जना बिरुद्ध मुद्दा दर्ता भएको बताए । जसमा बिगो ३८ करोड ६७ लाख १७ हजार ६४० कायम गरिएको बताए ।

    उनले भने– ‘सार्वजनिक संस्थाको सम्पती हानी, नोक्शानी गरी भ्रष्टाचार गरेको मुद्दा दर्ता भएको छ । यसमा नेपाल सरकारका बहालवाला मुख्यसचिव डा. वैकुण्ठ अर्याल लगायत १२ जनालाई प्रतिवादी बनाएर दर्ता भएको हो । जसमा तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक रही हाल अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजश्व विभागका तत्कालीन उपमहानिर्देशक हाल भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालय लािजम्पाटमा तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिवल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्र सिंहदरबारकै तत्कालीन तत्कालीन खरिद परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल्स प्रा.लिका निर्देशक केशव शर्मा र यो कम्पनीलाई विपक्षी बनाएर १२ जना बिरुद्ध मुद्दा दर्ता भएको छ । जसमा बिगो ३८ करोड ६७ लाख १७ हजार ६४० कायम गरिएको छ । जम्मा बिगोमा २० प्रतिशत भुक्तानी दिइसकेको भनेको छ । मुख्यसचिव लगायतका केही व्यक्तिहरुलाई पूरै बिगो असुल उपरसहितको माग दाबी सहित मुद्दा दर्ता भएको छ ।’

    उनले मुख्यसचिव लगायतका केही व्यक्तिहरुलाई पूरै बिगो असुल उपरसहितको माग दाबी सहित मुद्दा दर्ता भएको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्