images
images
  • संसद् सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति

    काठमाडौं । सङ्घीय संसद्, सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति भएको छ ।

    कर्मचारीको माग सम्बोधनका लागि वार्ता समितिले जायज माग पुरा गर्ने सहमति सहित ७ बुँदे सहमति भएको हो ।

    कर्मचारीहरूले उठाएकै मागअनुसार अतिरिक्त समय काम गरेबापत सेवा सुविधा बढाउने सहमति भएको छ। सहमतिअनुसार अब कर्मचारीका खाजा, आवास र शैक्षिक भत्ता वृद्धि हुनेछ ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कर्मचारी युनियनका प्रतिनिधिबिच भएको सहमति कार्यान्वयन हुने विश्वास गरिएको छ ।

    सचिवालयका कर्मचारीले विभिन्न सेवा र सुधारका माग राखी २० दिनदेखि विरोध कार्यक्रम गर्दै आएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै