images
images
  • Latest Update

    Trending

    सहमतिमै अध्यक्ष टुंग्याउने छलफल भइरहेको छ : घनश्याम भुसाल

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले महाधिवेशनबाट पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउने गरी छलफल भएको बताएका छन् ।

    पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउन छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘हामी सहमतिको प्रयासका लागि छलफल जारी गरेका छौं।’ 

    नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन यही असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदैछ।

    सम्मानित नेता झलनाथ खनाल पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल पनि अध्यक्षको दाबेदार रहेको चर्चा छ ।

    भुसाललाई युवा नेताहरूले सहयोग गरेको बुझिएको छ। खनालले पनि आफू पछि हटेर भुसाललाई नै सहयोग गर्ने चर्चा चलिरहेका बेला भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्