images
images
  • टीआरसीका बाँकी बुँदामा सहमति खोज्न प्रमुख दल सहमत

    काठमाण्डौँ । तीन प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुंग्याउन छलफललाई निरन्तरता दिने भएका छन्।

    बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस र सत्ताका नेकपा एमाले र माओवादी केन्द्रले टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा थप छलफल गर्ने भएका हुन्।

    ‘टीआरसी विधेयकलाई कसरी अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी निष्कर्षमा पुर्‍याउने विषयमा प्रमुख तीन दलका नेताबिच बैठक सम्पन्न भयो’, कानुन मन्त्री पदम गिरीले बैठकपछि भने।

    सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सबै जिम्मेवार हुनु पर्ने र जुनजुन बुँदामा सहमति जुट्न सकेका छैनन् ती विषयमा छलफल गरेर अगाडी बढ्ने दलहरुबिच कुरा भएको छ।

    संसदीय समितिमा छलफलका क्रममा बाँकी ४ वटा बुँदामामा सहमति जुटाउन गृहकार्य गर्ने र निकट भविष्यमा टुंग्याउने गरी अघि बढ्ने कानुन मन्त्री गिरीले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै