images
images
  • भदौसम्म माग पूरा नगरे आन्दोलन थाल्ने प्रधानमन्त्रीलाई बाबुरामको चेतावनी

    काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

    गोरखा र धादिङस्थित बूढीगण्डकी बहुउद्देश्यीय परियोजना छुट्टै ऐनअन्तर्गत अधिकारसम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ बनाएर छिटो बनाउन उनले माग गरेका हुन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यो आयोजना प्रभावितका माग पूरा गर्न भन्दै प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।

    पार्टी नेतासमेत रहेका छोरी मानुषी यमी र ज्वाइँ जेकेन्द्र श्रेष्ठसहित प्रधानमन्त्री दाहाललाई भेट्न बाबुराम सिंहदरबार छिरेका थिए ।

    उनले आफ्ना मागहरू आगामी भदौ मसान्तसम्म माग पूरा नगरिए सबै सरोकारवालालाई एक ठाउँमा ल्याएर आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

    माग पूरा नभए आन्दोलन थाल्ने जानकारी पनि ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री दाहाललाई गराएको बाबुरामले सिंहदरबारबाट बाहिरिने क्रममा बताएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै