images
images
  • पार्टीमा गुटबन्दी छैन, छलफललाई स्वभाविक रुपमा लिनुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पार्टी महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताएका छन् ।

    अध्यक्ष नेपालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा नेता, कार्यकर्ताहरुबीच भेटघाट हुने, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताए । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको समेत बताए ।

    उनले महाधिवेशनमा गुटबन्दी नहोस् भन्ने नेता, कार्यकर्ताको चाहना प्रशंसनीय रहेको बताए । उनले विगतमा गुटले कम्युनिष्ट पार्टीको ठूलो नोक्शान पु¥याएको र अहिलेको महाधिवेशनमा नेताहरु एकतावद्ध भएर अघि बढुन् भन्ने नेता, कार्यकर्ताहरुको चाहना प्रशंसनीय रहेको पनि बताए ।

    अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा कुराकानी छलफल हुने भएकाले भेटघाट हुनु, छलफल हुनु स्वभाविकै रहेको उनले बताए । उनले गुटबन्दी पार्टीमा नहोस् भन्ने कुरामा आफूहरु सचेत रहेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै