images
images
  • त्रिपुरासुन्दरीमा रैथाने धान बाली जोगाउदै रोपाँइ, मार्सी धानको खेती परीक्षण

    रातोपाटीन्यूज संवाददाता । सिन्धुपाल्चोक जिल्लाबाट क्रमशः हराउँदै गएका स्थानीय रैथाने प्रजातीको धान बाली जोगाउँने लक्ष्यकासाथ त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो वडाक्षेत्रमा रोपाँइ गर्न थालेको छ ।

    त्रिपुरासुन्दरी गापाका कृषि शाखाका प्रमुख बसन्त भण्डारीकाअनुसार गापाको वडापिच्छैका कृषकलाई रैथाने प्रजातीको धान रोप्न प्रोत्साहित गर्दै सुरुवाती चरणमा झण्डै सय रोपनी जग्गामा रैथाने जातका बाली धान लगाइएको छ । केही समयअघि त्रिपुरासुन्दरी गापा ४ पिस्करको लेते खेत र तल्लो भेगमा १० रोपनी जग्गामा १० किलो मार्सीसहित स्थानीय हिमाली, अन्नती, मानामुरीलगायतका धान लगाइएको थियो ।

    बजारमा विकासेको तुलानमा रैथाने जातका धानको मुल्य राम्रो छ । तर उत्पादन कम हुने भएकाले विकासे धानको तुलनामा कम फल्ने भएकाले कृषकले विकासे धान मात्रै लगाएको देखिन्छ । ‘यस्ता रैथाने धान लोप हुने कारण प्रारम्भिक रुपमा यसलाई वडाभर अगाडी बढाएका छौ, १२ लाख पकेट क्षेत्र र १८ लाख बजारिकरणका लागि छुट्याइएको छ’,त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले भने ।

    एक वडामा एक पकेट क्षेत्र योजनासहित माटो परीक्षण गर्दै यस्तो कार्यक्रम अगाडी बढाइएको कृषि प्राविधिक पदम शाही बताउँछन् । कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकको तंथ्याकनुसार जिल्लाको तीन नगर र नौ गाउँपालिकाभर ३ हजार दुई सय ३५ हेक्टरमा धानबाली लगाइने गरिएको छ । जिल्लाको बलेफी गापाको जलविरे, जुगल गापाको बतासे देखि मेलम्ची नपा र इन्द्रावती गापाको करिडोरमा धान उत्पादन उच्च हुने गरेको मानिन्छ । हालसम्म खुमलचार, मकवानपुरे १ देखि विभिन्न स्थानीय जातसम्मका धानबालीका बीउ जिल्लामा कृषकले लगाउने गरेका छन् ।

    कृषकको मागमा आधारित कार्यक्रम संञ्चालनमा कृषिलाई पहिलो प्राथामिकतामा राखेर कृषकको आर्थिक स्थीत सुधार एक-वडा एक-उत्पानलाई जोड दिइएको अध्यक्ष बोहोराले प्रष्ट्याए । त्रिपुरासुन्दरी गापामा थामी, नेवार र अन्य जातीले लगाउने ६ प्रकारकारको स्थानीय रैथाने जातको धानको बाली वडापिच्छै लगाइएको छ । २५ वर्षपछि आफ्ना खेतमा हिमाली धान लगाएका स्थानीय हिराबहादुर श्रेष्ठ गापाले ल्याएको यो कार्यक्रमप्रति आहिले खुबै हर्षित छन् । उनले पनि स्थानीय सरकारलाई साथ दिँदै आफ्नो बारीमा रैथाने हिमाली धानकै बिउलाई प्राथामिकता दिएको बताए । “यो धेरै राम्रो काम हो , यसले आम कृषकमो मुहारमा हर्ष फर्काएको छ’, उनले भने ।

    बाँझो जमिनमा फलफुल खेती

    त्रिपुरासुन्दरी गापाले गापाभर रहेका बाँझो जमिनमा फालफुल रोपेर दुई वटा पकेट क्षेत्र तोकेको छ । आव ८०/८१ म बाँझो जमिनमा फालफुल खेती कार्यक्रमअन्र्तगत गापाको वडा २ मा सुन्तला र ३ मा टिमुरको पकेट क्षेत्र तोकेर झण्डै तीन हजार बिरुवा पनि लगाइएको उनले जनाए ।

    विदेशिदो जनशक्ति कृषि बचाउ, युवा फर्काउ अभियानलाई मध्यनजर गर्दै गाउँपालिकाको बाझो जमिनमा खेती र बजारिकरणको नीति तथा कार्यविधि तैयार गरी कार्यक्रम संञ्चालन गरिएको उनको भनाइ छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै