images
images
  • निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघमा नाराबाजी

    काठमाडौं । निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघमा नाराबाजीसहितको प्रर्दशन गरिएको छ ।

    नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम अघि नबढेपछि अध्यक्ष विपुल पोखरेलको राजीनामा माग गर्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, नेपाल लगायतका पत्रकारहरुको संघ, संगठनले काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा बिरोध प्रदर्शन गरेका हुन् ।

    महासंघले निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुले मनोनयन गर्ने कार्यतालिका थियो । तर काँग्रेस निकट प्रेस युनियन नेपालले सदस्यता नविकरणमा असहमती जनाउँदै महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेपछि प्रेस चौतारी नेपाललगायतका संगठनहरुले निर्वाचन प्रक्रियामा तलमाथि नगर्न चेतावनी दिँदै महासंघको नेतृत्वविरुद्ध नाराबाजी गरेको हो ।

    नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते तोकिएको छ । त्यसका लागि असार १५ गते (आज) मनोनयन कार्यतालिका तय गरिएको थियो । तर नेपाल प्रेस युनियनबाट निर्वाचित महासंघको नेतृत्वको निर्वाचन भाँड्ने काम गरेको प्रेस चौतारी नेपालको आरोप छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै