images
images
  • Latest Update

    Trending

    सम्पदा पुनर्निर्माण गर्दै ललितपुर महानगर

    ललितपुर– भूकम्पले भत्किएका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनर्निर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ ।

    भूकम्पमा क्षति भएका पुनर्निर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका– ४ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।

    त्यसैगरी ललितपुर महानगरपालिका– २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा करिब १५ वटा ऐतिहासिक सम्पदा रहेका तथा बिग्रे–भत्केका सम्पदा संरक्षणतर्फ वडा जुटेको बताए ।

    महानगर क्षेत्रभित्रका चार सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ ।

    ललितपुरका पाटीपौवा र सम्पदाको अनुसन्धान गरेका प्राध्यापक रामकुमार पन्तका अनुसार भूकम्पले भत्काएका धेरै पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माण भएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्