images
images
  • Latest Update

    Trending

    सीआईबीले भन्यो – आरजुलाई पक्राउ गर्न प्रहरी खटाइएको खबर झूटा

    काठमाण्डौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवालाई पक्राउ गर्न सीआईबी टोली खटाइएको भन्ने खबर झूटा भएको स्पष्ट पारेको छ ।

    सीआईबीले बुधबार एक विज्ञप्ति जारी गरी समाचार अफवाह फैलाउने हेतुले सम्प्रेषण भएको भन्दै यस्ता समाचार प्रकाशन नगर्न अनुरोध गरेको छ ।

    सीआईबीका प्रवक्ता होविन्द्र बोगटीद्वारा जारी विज्ञप्तिमा विभिन्न व्यक्तिको नाम समेत तोकी पक्राउ गर्न प्रहरी खटाइएको भनी सत्यता परीक्षण नै नगरी आफूखुशी भ्रम सिर्जना गर्ने उद्देश्यले कपोलकल्पित समाचार अतिरञ्जित तवरले प्रकाशन गरिएको आरोप लगाइएको छ ।

    यस्तो छ विज्ञप्ति –

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्