एजेन्सी । २४ जनवरी २०२३, यो त्यो दिन हो जसले भारतीय उद्योगपति गौतम अडानीका लागि कयौं चिज बदलिदियो । त्यस दिन अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिन्डनबर्गको रिपोर्ट सार्वजनिक भएको थियो ।
जुन रिपोर्टमा अडानी समूहमाथि गम्भीर भ्रष्टाचारको आरोप लगाइएको छ । उक्त रिपोर्टमा अडानी समूहसँग जोडिएका ८८ वटा प्रश्नहरु समेत थिए । यद्यपि उक्त रिपोर्टलाई अडानी समूहले खारेज गरेको थियो ।
रिपोर्ट सार्वजनिक भएपश्चात गौतम अडानीका लागि शेयर बजारको दुनियाबाट राम्रो समाचार आउन सकेनन् । यी उनै गौतम अडानी हुन् जो रिपोर्ट सार्वजनिककाे केही दिनअघि मात्र विश्वकै तेस्रो धनी व्यक्तिको सूचीमा थिए ।
तर हिन्डनबर्ग रिपोर्ट सार्वजनिक भएको १० दिनभित्र उनी विश्वका टप २० जना धनी व्यक्तिको सूचीभन्दा पनि बाहिर परे। यसको अलवा अडानीले २० हजार करोड रुपैयाँको एफपीओ रद्ध गरे । जसकारण उनको कम्पनीले ठूलो नोक्सान ब्यहोर्नु परेको थियाे।
यस्तोमा एउटा प्रश्न पनि हामी सामू उभिन्छ । यो रिपोर्ट सार्वजनिक गर्ने रिसर्च कम्पनीको वास्तविकता के हो ? यस रिसर्चको पछाडि को छ ? यहाँ यसबारे विस्तृत चर्चा गर्ने प्रयास गरेका छौं।
‘हिन्डनबर्ग’ नामको पछि लुकेको कहानी
सन् १९३७ जर्मनीमा हिटलरको शासन थियो । उक्त समयमा एक एयरपशिप(Air Ship) थियो । जसको नाम थियो ‘हिन्डनबर्ग एअरशिप’ । उक्त एअरशिपको पछिल्लो भागमा नाजी जातिलाई जनाउने स्वस्तिक चिन्ह बनाइएको थियो ।
अमेरिकाको न्यूजर्सीमा उक्त एअरशिपलाई मानिसहरु हेरिरहेका थिए, उनीहरुले तत्काल केही असामान्य चिज देखे । तत्काल उक्त एअरशिपमा आकाशमै रफ्तारमा उडिरहेको अवस्थामै आगलागी भयाे, मानिसहरु कराइरहेको आवाज आइरहेको थियो । एअरशिप जमिनमा खस्यो, र ३० सेकेण्डमै ध्वस्त भयो ।
घटनास्थल नजिक रहेका मानिसहरु दुर्घनाग्रस्त एअरशिपमा रहेका यात्रुहरुको उद्धारका लागि अघि बढे । केहीको ज्यान जोगिए पनि अधिकांशलाई बचाउन ढिलो भइसकेको थियो।
जलिरहेको एअरशिपको धुँवाले छिनभरमै आकाश मडारियो र त्यहाँ मात्र एअरशिपको ध्वस्त भइसकेको अवशेष बाँकी रह्यो ।
उक्त एअरशिपमा १६ वटा हाइड्रोजन ग्यासका सिलिण्डर थिए । एअरशिपमा करिब एक सय जनालाई जबरजस्ती चढाइएको थियो । भने, दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो ।
दुर्घटनाको प्रमुख कारण एअरशिपमा रहेको हाइड्रोजन ग्यास सिलिण्ड मानिन्छ, यसबाट सबक लिएर यस दुर्घटनाबाट बच्न सकिन्थो ।
दुर्घटनाबाट मिलेको सबक : शेयर बजारका लागि ?
गौतम अडानीबारे रिपोर्ट सार्वजनिक गर्ने रिसर्च कम्पनीको नाम हिन्डनबर्ग पनि यही दुर्घटनासँग जोडेर राखिएको हो ।
कम्पनी भन्छ, ‘हिन्डनबर्ग दुर्घटनाका आधारमा हामी शेयर बजारमा भइरहेको गोलमाल र गडबडीमाथि निगरानी राख्ने गर्दर्छौ । शेयर बजारमा गोलमाल र गडबडी गर्नेहरुको पोल खोल्ने र सत्य बाहिर ल्याउने हाम्रो उद्धेश्य हो ।’
जसरी हिन्डनबर्ग दुर्घटनाबाट मानिसहरुलाई क्षति भयो, त्यसरी नै हिन्डनबर्ग कम्पनी भन्छ पनि मानिसहरुको शेयर बजारमा यस्ता प्रकारका वित्तीय दुर्घटना बताउन वा खतरामा पर्नबाट बचाउनका लागि यस्तो रिसर्च गर्दछ ।
हिन्डनबर्गले कसरी रिपोर्ट तयार गर्छ ? यसबारे कम्पनीको वेबसाइटबाट पूरा जानकारी प्राप्त गर्न सकिन्छ । यद्यपि कम्पनीले जसरी र जुन आधारमा रिसर्च तयार गर्दछ यो मुस्किल मानिन्छ ।
रिसर्चबारे कम्पनीले तयार गर्ने प्रमुख आधारहरू
१. लगानीको फैसला दिनका लागि विश्लेषणको आधार
२. खोजमूलक/इनवेस्टिगेटिभ रिसर्च
३. स्रोतहरुबाट प्राप्त गुप्त जानकारीमाथि अनुसन्धान
आफ्नो बारेमा के भन्छ हिन्डनबर्ग ?
हिन्डनबर्ग कम्पनीले आफूसँग दशकौंको अनुभव रहेको दाबी गर्ने गरेको छ । कम्पनीको वेबसाइटमा गरिएको दाबी अनुसार आफ्नो हिन्डनबर्ग रिसर्च रिपोर्ट र दोस्रो पक्षको कारबाहीका कारण कयौं कम्पनीको शेयर गिराइसकेको छ ।
अडानीभन्दा पहिलो हिन्डनबर्गले ट्रक कम्पनी निकोलामाथि रिसर्च गरेको थियो । उक्त रिपोर्टपश्चात कम्पनीले अदालतमा मुद्दा समेत दायर गरेको थियो । तर उल्टै निकोला कम्पनीका मालिकलाई नै अदालतले दोषी ठहर्याएको थियो ।
ब्लूमबर्गको एक रिपोर्ट अनुसार, हिन्डनबर्गले सन् २०२० भन्दा पछि ३० वटा कम्पनीमाथि अनुसन्धान गरेर रिपोर्ट सार्वजनिक गरिसकेको छ ।
उक्त रिसर्च रिपोर्ट सार्वजनिक हुने बित्तिकै कम्पनीका शेयरमा न्यूनतम १५ प्रतिशत गिरावट आएको देखिन्छ । रिपोर्टमा यो पनि भनिएको छ कि पछिल्लो ६ महिनाको अवधिमा ती कम्पनीहरुको शेयर औसत २६ प्रतिशतले घटेका छन् ।
हिन्डनबर्गले आफ्नो वेबसाइटमार्फत् ती कम्पनीहरुको सूची समेत दिने गरेको छ । कम्पनीले सन् २०२० सेप्टेम्बरदेखि हालसम्मका रिसर्च रिपोर्टहरु प्रकाशन गरिसकेको छ ।
हिन्डनबर्गले यी मुख्य मामिलामा कम्पनीमाथि छानबिन गर्ने गर्दछ
१. अकाउण्टमा अनियमितता भएको शंका लागेमा
२. मुख्य पदमा अयोग्य व्यक्ति रहेको पाइएमा
३. अघोषित लेनदेन
४. कुनै प्रकार को गैरकानूनी र अनैतिक वित्तीय रिपोर्टिङको अभ्यास भएमा
हिन्डनबर्गको पछि को छ ?
हिन्डनबर्ग रिसर्चका प्रमुख नेथन उर्फ नेट एन्डरसन हुन् । एन्डरसनले सन् २०१७ मा यस कम्पनीको स्थापना गरेका थिए । उनले अमेरिकाको कनेक्टिकट विश्वाविद्यालयबाट इन्टरनेशनल बिजनेसबारे अध्ययन गरेका छन् ।
उनले फ्याक्ट सेट रिसर्च सिस्टम नामक एक डाटा कम्पनीबाट आफ्नो करियरको सुरुवात गरेका थिए । उक्त कम्पनीमा उनी इन्भेस्टमेन्ट म्यानजमेन्ट कम्पनीसँग कामा गरेका थिए ।
उनले सन् २०२० मा वाल स्ट्रिट जर्नलमा दिएको एक अन्तर्वातमा भनेका थिए, ‘मैले सोचेको थिएँ यिनीहरु सामान्य प्रकारको विश्लेषण गरिरहेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार एन्डरसनले केही समय इजरायलमा एम्बुलेन्स समेत चलाएका थिए ।’
एन्डरसनले लिंक्डइन प्रोफाइलमा लेखेका छन्, ‘एम्बुलेन्स ड्राइभर बनेर काम गर्ने क्रममा मैले यो सिकेँ कि कसरी प्रेसरमा काम गर्न सकिन्छ । एन्डरसन उक्त प्रोफाइलमै लेख्छन् कि उनीसँग स्वास्थ्यकर्मीको समेत अनुभव छ ।’
उनले कयौं अन्तर्वार्ताहरुमा अमेरिकी अकाउन्टेन्ट ह्यारी मार्कोपोलोसलाई आफ्नो रोल मोडल बताएका छन् । एन्डरसनका रोल मोडल ह्यारीले सन् २००८ मा के बर्नार्ड मेडाफ पन्जी स्कीमसँग जोडिएको भ्रष्टाचार काण्डको खुलासा गरेका थिए ।
उक्र मेडाफमाथि हालसालै नेटफ्लिक्सको सिरिज ‘द मन्स्टर अफ वल स्ट्रीट’ समेत रिलिज भएको छ । तर यतिबेला गुरु होइन चेला एन्डरसनका कारण शेयर बजारमा हलचल मच्चिएको छ । र त्यसको सिधा असर भारतीय धनाढ्य उद्योगपति गौतम अडानीमाथि परिरहेको छ ।
(विभिन्न अन्तराष्ट्रिय एजेन्सीहरुको सहयोगमा तयार पारेको सामग्री ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्