images
images
  • ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनले गरे निन्दा

    काठमाडौँ– अमेरिकी राष्ट्रप्रति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणको निन्दा गरेका छन् ।

    ट्रम्पमाथि गोली चल्दा डेलाभेयरमा रहेका उनले सबै अमेरिकीलाई एकजुट हुँदै आक्रमणको निन्दा गर्न आह्वान समेत गरेका छन् ।

    उनले भनेका छन्– ‘अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान छैन, यस्ता घटनाका दोषीलाई माफी गर्न सकिँदैन ।’

    बाइडेनले ट्रम्प सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।

    नेपाली समयअनुसार आइतबार बिहान अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा गोली प्रहार भएको थियो ।

    गोली प्रहारबाट ट्रम्पको दाहिने कानको माथिल्लो भागमा घाउ लागेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

    गोली प्रहार गर्ने व्यक्ति सुरक्षा कारबाहीमा मारिएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै