images
images
  • रास्वपाले गठन गर्‍यो ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।

    बिहीवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

    बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले परिमार्जन, संशोधनहरु र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहनेगरी कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहनुभएको बताए ।

    उनले कार्यदलको बैठक आज नै बस्ने उपसंयोजक र सचिव छनोट गर्ने बताए । उनकाअनुसार कार्यदललाई सुझाव प्रतिवेदन दिन ९० दिनको समय दिइएको बताए ।

    बैठकले अभियान विभागको नेतृत्व गरिरहेका पार्टीको सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको बताए । कर्णाली विशेष अभियान भाद्र दोस्रो सप्ताहदेखि शुरुवात गर्ने बताए ।

    पार्टीका विचार मन्थन गर्न, क्षमता अभिवृद्धिमा काम गर्न, रणनीतिमा अझै धेरै छलफल आवश्यक ठानेर पार्टीको क्लोज क्याम्प गर्ने र त्यसको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्ने बताए । उनले केन्द्रिय विभाग मनोनयन र अनुमोदनका लागि हालसम्मको अनुमोदन हुन बाँकी अनुमोदन गर्ने, सबै विभागले आफ्नो कार्यविधि रिभ्यु गर्ने, कार्यविधि आफैँले प्रश्तुत गर्ने र टिम यस्तो हुनुपर्छ भनेर पनि प्रश्ताव गर्ने सैद्धान्तिक सहमति भएको बताए ।

    उनले भने ‘पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि बैठकमा विधान संशोधन सुझाव कार्यदल पहिला एउटा बनेको थियो, जलेश्वर बैठक पश्चाद । त्यसमा केही परिमार्जन, संशोधनहरु र सुझाव आवश्यक छ भनेर त्यसको लागि एउटा सुझाव कार्यदल बनायौं । जसमा ११ सदस्यीय हुनुहुन्छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक भएको कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहनुभएको छ । यो कार्यदलले काम शुरु गर्ने र आज नै पहिलो बैठक बस्दैछ । ९० दिनभित्र कार्यदलले सुझाव प्रश्तुत गर्ने । कार्यदलको सदस्यहरुबाट नै उपसंयोजक र सचिव छनोट गर्ने ।

    कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने र अभियान विभागको नेतृत्व गरिरहनुभएको पार्टीको सहमहामन्त्री विपिन आचार्यज्युको नेतृत्वमा यो कर्णाली विशेष अभियान भाद्रको दोस्रो सप्ताहदेखि शुरुवात गर्ने ।
    पार्टीका विचार मन्थन गर्न, क्षमता अभिवृद्धिमा काम गर्न, रणनीतिमा अझै धेरै छलफल आवश्यक छ भनेर निरन्तर रुपमा रही रहने काम हो, त्यो कामको लागि आज पार्टीको क्लोज क्याम्प गर्ने । जसको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ ।

    केन्द्रिय विभाग मनोनयन र अनुमोदनका लागि हालसम्मको अनुमोदन हुन बाँकी अनुमोदन गर्ने । सबै विभागले आफ्नो कार्यविधि रिभ्यु गर्ने । कार्यविधि आफैँले प्रश्तुत गर्ने र टिम यस्तो हुनुपर्छ भनेर पनि प्रश्ताव गर्ने सैद्धान्तिक सहमति भयो ।’

    कार्यवाहक प्रवक्ता झाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दुतावासमा पठाइएको भनिएको पत्र दुतावासमा रजिस्टर पनि नभएको र सिफारिस गरेअनुसारको सुविधा पनि नपाएको भएकाले आर्थिक चलखेल नभएको बताए ।

    उनले आफूहरुले संवैधानिक परिषद्मा बहुमतको लागि भएको चलखेलको रुपमा लिएको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै