images
images
  • क्यान्सर अस्पतालले सबै प्रदेशमा सेवा दिने, कुन प्रदेशमा कहाँ ?

    काठमाडाैं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले अब सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । अस्पतालका निर्देशक डा. शिवजी पौडेलले सरकारको कार्यक्रम अन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमै सेवा विस्तार गर्न लागेको जानकारी दिए ।

    डा. पौडेलले प्रदेशभित्रै रहेका एक सरकारी अस्पतालमा कम्तीमा पाँच शैयाको क्यान्सर उपचार कक्ष सञ्चालन गर्ने गरी सेवा विस्तार गर्न लागिएको जानकारी दिए । अस्पतालका अनुसार कोशी प्रदेशको धनकुटामा, मधेश प्रदेशको जनकपुरमा, गण्डकी प्रदेशको दमौलीमा, लुम्बिनी प्रदेशको दाङमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा अस्पतालले आफ्नो सेवा विस्तार गर्न लागेको छ । बागमती प्रदेशमा भने सिन्धुली वा सिन्धुपाल्चोक कहाँ लैजाने भन्ने टुङ्गो नलागिसकेको निर्देशक डा. पौडेलले जानकारी दिए ।

    विस्तारित सेवामा क्यान्सर अस्पतालबाटै दक्ष चिकित्सक परिचालन गरिने छन् । क्यान्सर अस्पतालबाटै दक्ष चिकित्सकमार्फत त्यहाँका चिकित्सक तथा नर्सिङ स्टाफलाई तालिम दिएर क्यान्सर उपचार केन्द्र बनाइने पौडेलले बताए । उनले कम्तीमा महिनामा एकपटक अस्पतालका चिकित्सककै टोली प्रदेश सेवा केन्द्रमा पुगेर एक हप्तासम्म बस्ने र सेवा केन्द्र अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रशिक्षित गर्ने गरी कार्यतालिका मिलाएकाे बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै