images
images
  • गौरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रको शिलान्यास

    रौतहट । गौरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रको गौर नगर प्रमुख शम्भु साहले शिलान्यास गरेका छन् ।

    ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोगमा दुई करोड चालिस लाख तीस हजार रुपैयाँको लागतमा बन्न लागेको केन्द्रको तीन तल्ले भवनको नगर प्रमुख साहले एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरेका हुन ।
    सो कृषि प्रयोगशालाबाट माटो परिक्षण, पोखरीको पानीको परिक्षण, विउको परिक्षण, बाली तथा फलफुलमा लाग्ने रोग किराको परिक्षण, मलखाद परिक्षण हुने छ ।

    पशु प्रयोगशालाबाट गोबर परिक्षण ,पशुको रगत तथा पिसाब परिक्षण पशुको शल्यक्रिया, कृत्रिम गर्भाधारण, पशुको अल्ट्रासाउन्ड ,एक्सरे लगायतका काम हुने प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले बताए ।
    सो भवन निर्माणका ठेक्का समझौता सिएम कन्ट्रकसन जोरपाटी काठमाडौंले पाएका छन । भवनको दुई करोड ३० लाख ४०हजार रुपैयाँमा समझौता गरिएको हो ।

    प्रयोगशाला भवनमा कोठा संख्या १० रहेकोमा २०८२ साल बैशाख मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ। उक्त भवनको भुई तत्लामा कृषि र पशुको अत्याधुनिक ल्याव, पहिलो तत्लामा ५० जना अटने सभाकक्ष र दोस्रो तल्लामा अतिथि गृह रहने प्रमुख प्रशासकीय अधिकृत ठाकुरले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै