images
images
  • मन्त्री पाण्डेको निर्देशन – फिल्डमा नतिजा देखिनेगरी काम गर्नुस्

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिनेगरी काम गर्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।

    पर्यटन सम्बद्ध निकायसँग आज छलफलका क्रममा उहाँले कुन निकायमा कुन ऐन कानुनको खाँचो छ, प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

    हरेक दिनलाई परीक्षाका रूपमा लिएको उल्लेख गर्दै मन्त्री पाण्डेले मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको बताए ।

    उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वाभाविक दबाब, प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्नसमेत मातहतका निकायलाई आग्रह गरे ।

    उनले मन्त्री, सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै इमान्दारिताका साथ काम गर्न निर्देशन दिए । मन्त्री पाण्डेले प्रत्येक बुधबार मन्त्रालय मातहतका सम्बद्ध विभाग वा निकायहरूसँग छलफल गर्दै आएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै